बसेरा होटलमा सुरु भयो एमाले सचिवालय बैठक

105
0
Share:

काठमाडौँ। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।

सिंहदरबार दक्षिण गेट नजिक रहेको बसेरा होटलमा एमाले सचिवालयको बैठक सुरु भएको हो।

बैठकमा बाढीपहिरो तथा डुबान पीडितका लागि राहत दिने, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर फर्केको भोलिपल्ट सचिवालयको बैठक बोलाइएको हो।

प्रधानमन्त्री ओली सोमबार अपराह्न राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्किएका थिए।

 

कमेन्ट गर्नुहोस्
Share: