जडीबुटीमा जुवातास खेलिरहेका सात जना पक्राउ

103
0
Share:

काठमाडौँ। काठमाडौँ महानगरपालिका-३२ जडीबुटीस्थित निरज दरबार होटलबाट जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन्।

होटेलका सञ्चालक दोलखा जिरी नगरपालिका-५ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने ४९ वर्षीय अमृत बहादुर कार्कीसहित ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ४ सय ६५ रुपैयाँ सहित पक्राउ गरेको जानकारी दिइएको छ।

यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: