
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ०.९९ प्रतिशत अर्थात २६.०७ अंकले घटेर २ हजार ५९७.४९ विन्दुमा सीमित बनेको छ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ प्रतिशतले घटेर ४६६.७१ विन्दुमा झरेको छ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ अघिल्लो दिन ७ अर्ब बढीको कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
