
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ।
हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान ४ः३० देखि राति १२ बजेसम्म चल्ने भएका हुन्।
प्राधिकरणले आवश्यकताअनुसार समय थप हुन सक्ने पनि जनाएको छ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, पोखरा, नेपालगन्ज लगायतका विमानस्थलमा बिहान ६ देखि राति १० बजेसम्म उडान हुँदै आएको छ।
कमेन्ट गर्नुहोस्
