दाउन्ने सडकमा ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइयो

Share:

काठमाडौँ। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

गएराति बर्दघाट‐४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात सञ्चालन हुन् सकेको थिएन।

सडक मर्मतपश्चात् आज बिहानदेखि एकतर्फी सञ्चालनमा आए पनि हाल यात्रुवाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिएको छ ।

मर्मत गरिए पनि सडक भासिने जोखिम कायमै रहेकाले ट्रक, टिप्परजस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाएको हो।

जिल्ला प्रहरी कार्यालयले दाउन्ने सडक अहिले पनि पूर्ण रूपमा सञ्चालनमा नरहेको र सडक मर्मत कार्य भइरहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: