तनहुँमा २१ वर्षीय महिलामाथि बलात्कार

Share:

तनहुँ :२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० लामिश्वा रा आदर्श टोल बस्ने ४५ वर्षीय दिल बहादुर विकलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: