दशैँमा सशस्त्र प्रहरीको नि: शुल्क बस सेवा

Share:

काठमाडौं : बडा दशैँ २०८१ को अवसरमा यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बलले भोलि पनि काठमाडौंको रिङरोडमा निशुल्क बस सेवा संचालन गर्ने भएको छ ।

आज बिहान ६ बजे बाट शुरु भएको निशुल्क बस सेवा अन्तर्गत एउटा बस  प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा संचालन गरिएको छ भने अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला , कोटेश्वर , सातदोबाटो, कलंकी रुटमा संचालन गरिएको छ ।

चाडपर्बको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस संचालन गरिएको हो । बडादशैंको वअबसरमा यस अघिका वर्षमा पनि काठमाडौमा सशस्त्र प्रहरी बलले  निशुल्क बस सेवा संचालन गरेको थियो ।

यसै गरि विगत वर्षहर जस्तै यस बर्ष पनि सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले देश भरी स्थानिय निकायसंगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गेपिङ राखेको छ । विगत करिब १४ बर्ष देखि पिङ राख्ने कार्यलाइ यो वर्ष पनि निरन्तरता दिइएको हो ।

कमेन्ट गर्नुहोस्
Share: