प्रदर्शनअघि नै पिटिआईका ३५ कार्यकर्ता पक्राउ

Share:

अक्टोबर १५ (मङ्गलबार) मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) को प्रदर्शनअघि नै लोहोर प्रहरीले सहरका विभिन्न भागबाट ३५ भन्दा बढी पिटिआईका कार्यकर्तालाई पक्राउ गरेको एआरवाई न्युजले बताएको छ ।

पञ्जाब प्रहरीले डिफेन्स, कोट लखपत र जोहर टाउनलगायत धेरै क्षेत्रमा छापा मारी पिटिआई प्रदर्शन अयोजना गर्न संलग्न भएको विश्वास गरिएका व्यक्तिहरूलाई लक्षित गरेको छ । पाकिस्तानले अक्टोबर १५ र १६ मा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलन आयोजना गर्ने भएकाले प्रहरी कारबाही कानून व्यवस्था कायम राख्ने र कुनै पनि अवरोध रोक्ने हिस्सा हो ।

 

इमरान खानले स्थापना गरेको पिटिआईको नेतृत्वले अक्टोबर १५ मा राजनीतिक गुनासोहरूका बारेमा आवाज उठाउने प्रदर्शन गर्ने घोषणा गरेको छ । यसबाट खानको पार्टी र कानून कार्यान्वयन निकायहरूबीच तनाव उत्पन्न भएको छ । उक्त दिन इस्लामाबादमा हुने एससिओ शिखर सम्मेलनको पहिलो दिन हो ।

कमेन्ट गर्नुहोस्
Share: