लागूऔषधसहित चार जना पक्राउ

112
0
Share:

काठमाडौं : लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।

झापा, भद्रपुर नगरपालिका-५ बसपार्कस्थित न्यू बान्तवा होटलबाट  लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५२ ग्राम २ सय ९० मिलिग्रामसहित भारत बिहार किसानगंज ठाकुरगंज पंचायत उर्दु कोलोनी-८ बस्ने ३८ वर्षीय जमकोद खान र निजको छोरा १७ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-१ भरतपुरबाट  लागूऔषध चरेश ५ सय ४५ ग्राम सहित सोही ठाउँ बस्ने ५९ वर्षीय सहदेव भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट  लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: