पेस्तोलसहित एक जना पक्राउ

182
0
Share:

 

काभ्रेपलाञ्चोक : पनौती नगरपालिका-१ बाट १ थान पेस्तोल र ३ राउण्ड गोली सहित सोही ठाउँ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: