सुनको मूल्यले बनायो नयाँ रेकर्ड

Share:

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आज १३ सय रुपैयाँले बढेर प्रतितोला सुन  १ लाख ६१ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च दर हो।

अघिल्लो कारोबार दिन मंगलबार १४ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६० हजार ५०० सयमा कारोबार भएको थियो।  सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ।

यसदिन चाँदी प्रतितोला १९५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

मंगलबार प्रतितोला चाँदी १९२५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: