प्रहरीलाई असहयोग र प्रतिवाद नगर्न कार्यकर्तालाई रास्वपाको आग्रह

228
0
Share:

काठमाडौं : प्रहरीलाई असहयोग र प्रतिवाद नगर्न रास्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ । सहकारी प्रकरणमा  सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्न केन्द्रीय कार्यालय पुगेपछि पार्टीले यस्तो अनुरोध गरेको हो । सभापति लामिछानेले भने आफूले कुनै अपराध नगरेको दावी गरेका छन्।

उनलाई पक्राउ गर्ने क्रममा  संक्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले अहिलेको सरकार बनाउने निर्णय भएकै दिन आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको बताए।

उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु।’  उनलाई पक्राउ गरेपछि रविको पक्षमा नारावाजी लागेको थियो भने सरकारको विरोध गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: