नेपाललाई युएईले दियो ८४ रनकाे लक्ष्य

Share:

काठमाडौँ। आइसिसी यु १९ महिला टि २० विश्व कप छनोट खेलमा नेपाल विरुद्ध युनाइटेड अरब इमिरेट्स (युएई)ले ८३ रन बनाएको छ।

युएईको अजमानमा  घरेलु टोलीले  पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको हो । नेपालले जितको लागि ८४ रन बनाउनु पर्नेछ।

युएईका लागि कप्तान समाइरा धारनीधार्काले सबै भन्दा वढि  ३१,रिनिथा रञ्जिथाले २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन बनाए।

नेपालका लागि कृष्मा गुरुङले ४ विकेट लिइन।उनले एउटै ओभरमा ३ विकेट लिएकी हुन।त्यसैगरी रिया शर्मा र सिमाना केसीले दुई दुई  तथा रचना चौधरीले १ विकेट लिए।

कमेन्ट गर्नुहोस्
Share: