डिजेल र मट्टितेलको भाउ बढ्यो

179
0
Share:

काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाएको हो।

नेपाल आयल निगमले आज शनिबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। पेट्रोलमा कुनै परिवर्तन गरिएको छैन।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रूपैयाँ बढाएको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार आन्तरिक बजार समायोजन गरिएको निगमले जनाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यलाई ठाउँअनुसार तीन वर्गमा बाँड्दै आएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल र मट्टीतेल लिटरको १५० रूपैयाँ ५० पैसा पर्नेछ।

दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यहाँ लिटरको १५२ रूपैयाँ पर्नेछ।

त्यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल र मट्टीतेल लिटरको १५३ रूपैयाँ पर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: