पोखराको उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा सम्पन्न

Share:

पोखरा। पोखरा महानगरपालिका-९ नयाँ बजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा आज शनिबार पोखरामा सम्पन्न भएको छ।

साधारण सभाको सहकारी संस्थाका ज्येष्ठ सदस्य पोखरा महानगरपालिका-३१ निवासी ८१ वर्षीया चिजमाया गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरे।

सभामा सहकारीका अध्यक्ष राजेश रानाभाटले सदस्यहरुको हित र लगानीलाई संरक्षणलाई प्राथमिकतामा राखिएको बताए।

उनले पछिल्लो समय केही सहकारी संस्थामा देखिएको अपचलनका घटनाले राम्रो गरेका र वित्तिय अनुसासन भएका सहकारीमा समेत असर पुगेको बताए।

अध्यक्ष रानाभाटले भने,“सहकारीका विषयमा अहिले हामी सबै विज्ञ नै रहेका छौँ। सहकारी क्षेत्रमा समस्या छ। त्यसको असर राम्रो गरी सञ्चालन भएकाहरुमा समेत असर छ। सहकारी संस्थाका सदस्यहरुको साथ र सहयोगबाटनै हामी संस्थालाई नमूना बनाउन प्रतिबद्ध भएर लागेका छौँ।”

अध्यक्ष रानाभाटले संस्थका विकासका लागि सदस्यहरुको अझ बढी सहभागिताको अपेक्षा गरिएको र मासिक बचतलाई नियमित गर्न समेत सबैमा आग्रह गरे।

सभाका अवसरमा प्रवेशिका परीक्षा उत्तिर्ण सदस्यका छोराछोरीहरु सिद्धिका बगाले, कृति ढकाल, आमोदकाजी पौडेल, मञ्जिल अर्याल र आशिष रिजाल तथा कक्षा १२ उत्तीर्ण सदस्यका छोराछोरीहरु सम्पदा बराल, जेनिशा बराल,कृष्मा पौडेल, युविका बज्राचार्य, सुप्रिया श्रेष्ठ र आरोज रानाभाटलाई सम्मान गरिएको थियो।

त्यसैगरी उत्कृष्ट आर्थिक कारोबार गर्ने सदस्यहरु डा. चन्द्रप्रसाद आचार्य, कविता कार्की, सविना महर्जन सम्मानित भइन्।

संस्थका कर्मचारी सुनिता जिसी सर्वोत्कृष्ट वर्ष कर्मचारी २०८१ बाट नगद रु पाँच हजार सहित पुरस्कृत भए।

संस्थाका उपाध्यक्ष लेखनाथ अर्यालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रेवतीरमण भण्डारीले बताइन्। सहकारीका सात सिद्धान्त सञ्चालक समिति सदस्य एवं शिक्षा समितिका संयोजक वैकुण्ठ बरालले गरे।

साधारणसभाले कोषाध्यक्ष प्रमोद थापा तथा लेखा सुपरिवेक्षण समितिका संयोजक पुरोचन उदासको प्रतिवेदन पारित गरेको संस्थाका कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिए।

कास्की जिल्लाभर कार्यक्षेत्र रहेको उन्नति सहकारी संस्थामा हाल एक हजार ६ सय ३२ महिला र एक हजार ८ सय ७२ पुरुष गरी तीन हजार पाँच सय चार सदस्य रहेका छन्।

सहकारीको शेयर पूँजी रु १३ करोड २७ लाख २२ हजार नौ सय र निक्षेप रु ५२ करोड १५ लाख ७८ हजार नौ सय ७१ रहेको छ। संस्थाले रु ५७ करोड ७२ लाख ६२ हजार चार सय ९३ ऋण लगानी गरेको कार्यालय प्रमुख भट्टराईले बताए।

कमेन्ट गर्नुहोस्
Share: