
काठमाडौँ। नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। खेल
ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार अहिले एक छिनपछि ६ः४५ बजेदेखि सुरु हुदैँछ।
नेपाल गत बुधबार सम्पन्न ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ४-० गोलले पराजित भएको थियो। फिफा वरियता १५१औँ स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ।
जसमा तीन खेलमा जित हासिल गरेको छ, दुई बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ।२०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ।
मैत्रीपूर्ण खेलका लागि नेपाली टिममा गोलकिपर किरणकुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार छन्। यस्तै डिफेन्डरमा अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदीप पौड्याल, अन्जल महर्जन छन्।
यसैगरी मिडफिल्डरमा रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ छन् भने फरवार्डमा जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी छन्।
