अफगानिस्तानविरुद्ध नेपालको शानदार जित

Share:

अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा आज साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० गोलले हराएको हो।

पहिलो हाफमा गोल गर्न नसकेको नेपालले दुवै गोल दोस्रो हाफ गरेको थियो। दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै जिलेस्पीजंग कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । कार्कीले ४६ औँ मिनेटमा नेपालका लागि सुन्दर गोल गरे।

त्यस्तै खेलको ७८ औँ मिनेटमा रोहित चन्दले नेपालका लागि दोस्रो गोल गरे। फिफा वरियतामा अफगानिस्तान नेपालभन्दा २५ स्थानमाथि छ। पछिल्लो फिफा वरियतामा अफगानिस्तान १५१ औँ स्थानमा रहँदा नेपाल १७६ औँ स्थानमा छ।

कमेन्ट गर्नुहोस्
Share: