आज पनि बढ्यो सुनको मूल्य

Share:

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो।

संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो दिन सुनको कारोबार १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: