जिप दुर्घटना हुँदा दुई महिलाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

344
0
Share:

डडेल्धुरामा जिप दुर्घटना भएको छ। दुर्घटनामा दुईजना महिलाको घटनास्थलमै मृत्यु भएको छ।जिल्लाको परशुराम नगरपालिका-९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा जिप दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट सलेना आउदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको हो।

दुर्घटनामा ९ जना घाइते भएको परशुराम नगरपालिका-९ का वडाअध्यक्ष देबबहादुर बोहराले बताए। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेहरुलाई उपचारका लागि धनगढी लगिएको वडाअध्यक्ष बोहराले बताए। मृतक दुबै महिलाको पहिचान भने खुल्न सकेको छैन्। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गर्ने काम भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: