
पोखरा। गण्डकी विश्वविद्यालयमा डिन नियुक्ति प्रक्रिया रोक्न माग गर्दै परेको रिट उच्च अदालत पोखराले आज मंगलबार खारेज गरेको छ। विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय डिन नियुक्तिका लागि सूचना प्रकाशित गरेपछि त्यसलाई रोक्न रिट दायर भएको थियो।
न्यायाधीशद्वय मिलनकुमार राई र उमेश कोइरालाको इजलासले उक्त रिट खारेज गरिदिएको हो। उक्त रिटमा निवेदकसमेत रहेका अधिवक्ता विमल लामिछानेसहितले पक्षमा र विश्वविद्यालयका तर्फबाट वरिष्ठ अधिवक्ता हरि सुवेदी र नेपाल बार एसोसिएयसनका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र केसीले बहस गरेका थिए।
विश्वविद्यालयले डिन नियुक्तिका लागि साउन ४ गते पत्रिकामा सूचना प्रकाशित गरेको थियो।त्यसलगत्तै उत्प्रेषण मिश्रित परमादेश माग गर्दै उक्त प्रक्रिया खारेज र त्यससँग सम्बन्धित निर्णय बदरको माग गर्दै उच्चमा रिट परेको थियो।
यसअघि उच्चले उक्त रिटमा अन्तरिम आदेश जारी गरेको थिएन। त्यसपछि विश्वविद्यालयले डिन नियुक्ति गरेको थियो। विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायमा कात्तिक ७ गते प्राध्यापक हिमराज गिरी डिन नियुक्त भएका थिए। उनको नियुक्ति ४ वर्षका लागि हो।
