
पोखरा। “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मुल नारा सहित देशभर राष्ट्रिय कर दिवस २०८१ मनाईरहेको सन्दर्भमा लेखनाथ उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुका लागि आन्तरिक राजश्व कार्यालय पोखराको सहकार्यमा मंगलबार करदाता शिक्षा कार्यक्रम आयोजना गरेको छ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको करशिक्षा कार्यक्रममा आन्तरीक राजस्व कार्यालयका कर अधिकृत सनु काफ्लेले कर प्रणाली र व्यवसायीहरुले कर प्रणालीमा दिनुपर्ने ध्यान र अहिले करमा आएको छुट व्यवस्थाकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
व्यवसायीहरुले राखेका जिज्ञासाबारे आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले प्रस्ट गर्दै उद्योगी व्यवसायीहरुले तिरेको राजस्वबाट नै देश चल्ने हुदाँ नेपाल सरकारले उद्योग व्यवसाय गर्नका लागि नयाँ पिडिलाई प्रोत्साहन गर्नुपर्ने र कर सप्ताहको उपलक्ष्यमा सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए।
राजस्वका कम्पयुटर अपरेटर सुदिप रेग्मीसहित संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, वस्तुगत संघ संघ-संस्थाका प्रतिनिधी, वजार व्यवस्थापन समितिका प्रतिनिधि, संघका उपसमिति संयोजक र सदस्यहरु, एवं संघका सदस्यहरुको सहभागिता रहेको थियो। कार्यक्रम संचालन संघका महासचिव जानुका पराजुली अधिकारीले गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए।
