
काठमाडौँ। हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यसैगरी, आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
कमेन्ट गर्नुहोस्
