लेखनाथमा गुन्डाहरुको दादागिरी, व्यवसायीहरु आतंकित, डोजर चालकको हत्या, हत्यारा दिपक मल्लसहितको टोली फरार

Share:

पोखरा, १४ असार । गुन्डाहरुले लेखनाथमा खेदेर एकजना मजदुरको हत्या गरेका छन् । आइतबार लेखनाथ नगरपालिका वडा नं. १७ सिप्लेनीतरास्थित पशुपति घाटमा एक्साभेटर चलाई रहेका चालक सुरेश चौधरीको दिपक मल्ल सहितका गुन्डाहरुले खेदेर भीरबाट खसाली हत्या गरेका थिए । चालकले त्यहाँ ग्राभेल संकलन गर्नका एक्साभेटर चलाई रहेका थिए ।

रुपन्देही जिल्ला मोतीपुर गाविसका अन्दाजी २५ वर्षीय सुरेश चौधरीको आइतबार हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरि पालका अनुसार हत्यामा संलग्न लेखनाथका ३५ वर्षीय दीपक मल्लसहितको टोलीको पहिचान भइसकेको छ । एसपी पालले भने—उनीहरु जहाँ भागे पनि छिट्टै कास्की प्रहरीले पक्राउ गर्नेछ ।

Untitled

कास्की प्रहरीका अनुसार हत्यामा लेखनाथका ३५ वर्षीय दीपक मल्ल, उनका भाइ नविन मल्ल र पोखरा—१०, अमरसिंहचोकका २३ बर्षीय मोहन थापा मगर लगायतको टोलीको संलग्नता रहेको छ । दीपक मल्ल केही महिना अघिमात्र हातहतियार मुद्दामा जेल सजाय भोगी बाहिर निस्किएका व्यक्ति हुन् ।

लेखनाथ नगरपालिकामा जग्गा प्लटिङ गर्ने, घर निर्माण गर्ने वा कुनै पनि व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई गुन्डाहरुले चरम आतंकित बनाउँदै आइरहेका छन् । विभिन्न समूहमा रहेका गुन्डाहरुले लेखनाथमा व्यवसायीहरुलाई सताउँदै आइरहेका छन् । पैसाका लागि हत्यासम्म गर्न पछि नपर्ने लेखनाथका गुन्डाहरुलाई कास्की प्रहरीले समयमा नै ठेगान लगाउन जरुरी छ । लेखनाथमा गुन्डागर्दी सञ्चालन गर्नेहरुले पोखराका थ्रीस्टार होटलहरुमा बसी योजना बनाउने र वार्गेनिङ गर्ने गर्दछन् । कास्की प्रहरीले तत्कालै त्यस्ता होटलहरुमा निगरानी बढाउन जरुरी छ ।

(Don News National Daily)

कमेन्ट गर्नुहोस्
Share: