काठमाडौँको कीर्तिपुरमा पुरुषको शव फेला, घटनास्थलमा किटनाशक औषधीको बट्टा पनि भेटियो

Share:

काठमाडौँ। काठमाडौँको कीर्तिपुरमा पुरुषको शव भेटिएको छ। त्रिवि क्रिकेट मैदान नजिकै फेला परेको पुरुषको शव सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए।

घटनास्थल नजिकै किटनाशक औषधीको बट्टा पनि भेटिएको छ। उनले किटनाशक औषधी सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: