पोखरा जेसिसको अध्यक्षमा भाइराज सर्वसम्मत चयन

Share:

पोखरा । पोखरा जेसिसको ४५ औं शाखा अधिवेशन तथा ५० औं वार्षिक साधारणसभाबाट भाइराज राना मगर सर्वसम्मत अध्यक्षमा चयन भएका छन्।

जेसिसको वर्ष २०२५ को अध्यक्षको रुपमा रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यकारिणी उपाध्यक्षमा कपिल पौडेल, उपाध्यक्षमा किरण आचार्य, सुजन पोख्रेल, सञ्जय कुमार शर्मा र जेसी सुशील पौडेल चुनिए। साथै, निर्देशकहरूमा सरोज पौडेल,सन्दीप श्रीष, दिवस तिमिल्सिना र सुजल गोदार चयन भए।

अध्यक्ष राना मगरले विधान बमोजिम कानुनी सल्लाहकार सुमन पहारी, महासचिव रबिन पौडेल, कोषाध्यक्ष रबिन्द्र गोदार, सचिव सञ्जय पौडेल लगायतलाई मनोनयन गरेका छन्।

निर्वाचन आयुक्त मिनराज खड्का रहेका थिए।

कमेन्ट गर्नुहोस्
Share: