
पोखरा । कास्कीको पोखरामा सवारी दुर्घटनाबाट परी एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं. २५ याम्दीस्थित घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नं. को ट्रकले जेव्रा क्रसबाट बाटो काट्ने क्रममा ५५ बर्षीय धन कुमारी बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
बुढा पूर्वी रूकुम घर भई हाल पोखरा- २५ याम्दी बस्दैँ आएकी थिइन्। उनलाई जेव्रा क्रस गर्ने क्रममा ट्रकले ठक्कर दिएको थियो। त्यसपछि उनी घाईते भई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाईएकोमा चेकजाँचको क्रममा चिकित्सकद्वारा मृतक घोषण गरेको प्रहरीले जनाएको छ।
ट्रक चालक ४५ बर्षीय पृथी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाइएको छ।
कमेन्ट गर्नुहोस्
