रास्वपा जिल्ला सभापतिमा अधिकारी सर्वसम्मत

Share:

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी चयन भएका छन्।

मंसिर १४ गते शुक्रबार सम्पन्न भएको पहिलो जिल्ला भेलाले अघिकारीलाई सभापतिमा निर्विरोध रुपमा चयन गरेको हो। यसैगरी उपसभापति राजु राई चयन भएका छन्।

राई यसअघि जिल्ला समितिमा सहसंयोजक थिए। यसैगरी  सचिवमा दीपेन्द्र पोखरेल (बादशाह), सहसचिव टेकराज सापकोटा, समितिको सदस्यमा बिना गुरुङ, शोभा कायस्थ, शर्मिला रिजाल, भेषराज तिमिल्सिना, श्याम गुरुङ, श्रवणराज कट्टेल र विश्वराज पोडेल चयन भएका छन्।

कोषाध्यक्षसहित अन्य सदस्य पद पहिलो बैठकले मनोनित गरी पूर्ति गरिने सभापति अधिकारीले बताए।

१९ सदस्यीय हुने कास्की शाखाको जिल्ला समितिका बाँकी पदमा पाँच पालिकाका सभापति पदेन सदस्य रहने व्यवस्था छ।

भेलामा कास्की जिल्लाका पाँच वटै पालिका समिति, तिनका प्रतिनिधिहरूका साथै जिल्ला स्थित ७२ वटै वडाका प्रतिनिधिको उपस्थिति रहेको थियो। हाल कास्कीमा रास्वपाको सदस्यता संख्या छ हजार ४९ जना पुगेका छन्।

कमेन्ट गर्नुहोस्
Share: