पोखरामा १८औं प्याब्सन स्पोर्टस् मिट जारी

171
0
Share:

पोखरा। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा पोखरामा १८औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ। मंसिर १९-२३ सम्म सञ्चालन हुने प्रतियोगिताका विभिन्न खेलमा करिब ४ हजार ५ सय विद्यार्थीले भाग लिएका छन्।

बुधबारको खेलमा टेबल टेनिसतर्फ ब्वाइज डबल (कक्षा १० सम्म) सगरमाथाका स्वर्णिम तिमिल्सिना र कृतक थापाको जोडी प्रथम भयो। ग्लोबलका आयुष गहतराज र कुशल केसी दोस्रो र पोखरा पब्लिकका आर्यन क्षत्री र जेनिक परियारको जोडी तथा मदरल्याण्डका अहिन मगर र विशेष बरालको जोडी तेस्रो भए।

गल्र्स डबलतर्फ सिर्जना माविका सक्रिय पोख्रेल र राजेश्री अधिकारीको जोडी प्रथम भयो। मदरल्याण्डका सृष्टि अधिकारी र विर्सना बस्नेत दोस्रो, ग्लोबल कलिजियटका सुदीप्ता खनाल र एकालिका गुरुङ तथा केफका पवित्रा बिक र सलिना दाहालको जोडी तेस्रोमा सीमित भए।

कलेज लेभल ब्वाइज डबसमा प्रतिभाका युनिष भुजेल र गौरव शेरचनको जोडी प्रथम, ग्लोबलका अंकित र असिमको जोडी दोस्रो, केफका अर्मन र सामी तथा मदरल्याण्डका प्रथम र दीप्सनको जोडी तेस्रो भए।

सोही इभेन्टमा गल्र्सतर्फ सिर्जनाका तृषा गुरुङ र प्रजिता मुडभरीको जोडी पहिलो हुँदा प्रतिभाका सुष्मी गुरुङ र गौरी भुजेलको जोडी दोस्रोमा सीमित भयो। ग्लोबलका सृष्टि गुरुङ र मबिना बराम तथा लिटल स्टेपका युनिषा गुरुङ र पूर्णिमाको जोडी तेस्रो भयो।

कलेज लेभल ब्वाइज सिंलल्सतर्फ सिर्जनाका समीर लिम्बु प्रथम, ग्लोबका नितेश गुरुङ दोस्रो, केफका अर्मन भण्डारी र प्रतिभाका गौरव शेरचन तेस्रो भए। गल्सतर्फ सिर्जनाकी तृषा गुरुङ र प्रतिभाकी सुष्मी गुरुङ क्रमशः पहिलो र दोस्रो भए। लिटल स्टेपकी युनिषा गुरुङ र बालप्रभातकी दीपिका केसी तेस्रो भए।

स्कुल लेभल ब्वाइज सिंगल्समा टप्सका अनमोल घले प्रथम, सिर्जनाका विशेष गौचन दोस्रो, पोखरा पब्लिकका अरमन क्षत्री र सगरमाथाका स्वर्णिम तिमिल्सिना तेस्रो भए।

सोही इभेन्टमा गल्सतर्फ सिर्जनाकी सक्रिय पोखरेल प्रथम, सगरमाथाकी सृष्टि खड्का दोस्रो, स्टेप बाई स्टेपकी किंजल गिरी र मदरल्याण्डकी बिर्सना बस्नेत तेस्रो भए।

भलिबल प्रतियोगिता प्लस टु ब्वाइजतर्फ मदरल्याण्ड पहिलो भयो। प्रतिभा दोस्रो र पोखरा युनाइटेड तेस्रो भए। गल्सतर्फ केफ पहिलो, सिर्जना दोस्रो र गुरुकुल बोर्डिङ तेस्रो भए।

जुनियर फुटबल प्रतियोगितामा बायोदय प्रथम भएको छ। भ्यू पोइन्ट दोस्रो र पोखरा पब्लिकको टिम तेस्रो भयो। कलेजतर्फ ८०० मिटर दौडमा केफका यूनिक परियार पहिलो भए। पश्चिमाञ्चलका सम्राट चौधरी दोस्रो र हार्भर्ड एकेडेमीका मंगल गुरुङ तेस्रो भए।

ब्वाइज हाइजम्पमा ग्लोबलका सुशान्त राजभाट पहिलो, बेसलाइनका विवेक बस्नेत दोस्रो र मनकामनाका प्रसिद्ध अधिकारी तेस्रो भए।

गल्र्स बास्केटबल (कक्षा ९-१२) मा फिस्टेल पहिलो भयो। मदरल्याण्ड दोस्रो, प्रतिभा तेस्रो भएको छ।महिला फुटबल प्रतियोगिता कुमुदिनीले खेल जितेको छ। उसले जुनियर सिटिजनलाई पेनाल्टीमा ५–४ गोलअन्तरले हराएको हो। त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरी भएको थियो। प्रतियोगितामा शान्तिदीप तेस्रो भयो।

सिनियर फुटबलतर्फ शान्ति निकुञ्ज र शान्तिदीप बुधबारको खेल जित्दै सेमिफाइनल पुगेका छन्।प्रत्येक २ वर्षमा हुँदै आएको स्पोर्टस् मिटमा प्याब्सनमा आबद्धमध्ये ८८ विद्यालयले सहभागिता जनाएको प्याब्सन अध्यक्ष मथुराप्रसाद पौडेलले बताए।

स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच छात्रछात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा ह्याण्डबल, छात्रछात्रा टेबलटेनिस र एथलेटिक्सका खेल हुनेछन्। यस्तै कक्षा ११ र १२ का विद्यार्थीबीच छात्रछात्रा भलिबल, छात्रछात्रा बास्केटबल, छात्रछात्रा एथलेटिक्सका खेलहरु हुने प्रतियोगिता संयोजक एवं ब्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले बताइन्।

स्पोर्टस् मिटको मंगलबार नेपाल सरकारका युवा तथा खेलकुद मनत्री तेजुलाल चौधरीले औपचारिक उद्घाटन गरेका थिए। उक्त दिन प्याब्सनको खेलकुदमा लामो समयदेखि योगदान पुर्‍याएकोमा कर्ण गुरुङलाई सम्मान गरिएको सचिव पुष्पराज पराजुलीले बताए।

प्याब्सन कास्कीमा हाल निजी तथा आवासीय गरी ९९ विद्यालय आबद्ध छन्। संस्थामा आबद्ध विद्यालयहरुमा ७५ हजारभन्दा विद्यार्थी छन्। साथै, ८ हजारभन्दा बढी शिक्षक कर्मचारी कार्यरत रहेको प्याब्सनका विधान गौतमले बताए।

कमेन्ट गर्नुहोस्
Share: