संसारको सबैभन्दा बुढो चरा, ७४ वर्षको उमेरमा पार्यो अण्डा

Share:

काठमाडौँ । संसारको सबैभन्दा बुढो जंगली चराले सबै कठिनाइ पार गर्दै ७४ वर्षको उमेरमा एउटा अण्डा पारेको छ। विस्डम नामक उक्त लेन अल्बाट्रस चराले यही हप्ता अमेरिकाको हवाई नजिकै रहेको प्रशान्त महासागरस्थित मिडवे एटोल राष्ट्रिय निकुञ्जमा अण्डा पारेको हो।

यो प्रजातिको चरा आमरुपमा १२ देखि ४० वर्षको उमेरसम्म बाँच्दछन्। त्यसैले औसत आयुभन्दा करीब दोब्बर पाको उमेरमा यो चराले अण्डा पार्नुलाई निकै अनौठो मानिएको छ।

यो चरामा पहिलोपटक सन् १९५६ मा ट्याग लगाइएको थियो। त्यसबेला यो करीब ५ वर्षको थियो। धेरै चराप्रेमीहरु बीच यसको विशेष Z333 ट्यागको निकै लोकप्रिय छ।

अमेरिकी मत्स्य तथा वन्यजन्तुसेवा विभागले विस्डमलाई आफ्नो अर्को एक नयाँ साथीसँगै आफूले पारेको अण्डाको स्याहार गरिरहेको बेलाको तस्वीर खिचेको छ । उसले त्यस क्षणको भिडियो नै सार्वजनिक गरेको छ ।

उक्त पोस्टमा विस्डम विश्वको सबैभन्दा पाको उमेरको जंगली चरा भएको भन्दै ऊ एक नयाँ साथीसँगै फर्किएर आएको र उसले अहिले एउटा नयाँ अण्डा पारेको बताइएको छ।

विभागका अनुसार अन्य लेसन अल्बाट्रसजस्त विस्डम पनि आफ्ना साथीसँग पुनः भेटघाट गर्नका लागि हरेक वर्ष सोही गुँड रहेको स्थानमा फर्किने गर्दछ र यदि सक्षम भएमा उक्त गुँडमा एउटा अण्डा पार्दछ। दशकौँदेखि उसले एउटै भाले साथी अकेकामाईसँग अण्डा पारेर कोरल्ने गरेको थियो। तर अकेकामाई पछिल्ला केही वर्षयता देखिएको छैन।

एक्समा शेयर गरिएका तस्वीर तथा भिडियोहरुमा पनि ७४ वर्षको यो चरा आफ्नो परिचित Z333  सँग देख्न सकिन्छ। जीव वैज्ञानिकहरुले ७४ वर्षको पानीचराले अण्डा जन्माउने कुरा निकै अनौठो रहेको टिप्पणी ग्रेका छन्।

जीव वैज्ञानिकहरुले विस्डमको पहिलो अण्डा एक दुर्लभ घटना भएको बताएका छन्। –एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: