
पोखरा। नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ। सरगम राईको शब्द तथा संगीत, सविन लिम्बुको एरेन्ज गीतमा रहेको छ।
प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुयाउनको लागी आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ।
भिडियोमा विशाल थापा को छायांकन,विकास दाहालको सम्पादन छ। सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन्। गीतको भिडियोमा रवि सुवेदी/बिना राउत को अभिनय जिवन्त देख्न सकिन्छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्।
कमेन्ट गर्नुहोस्
