शिखर धवन र रोहन मुस्तफाले एनपीएल नखेल्ने

Share:

काठमाडौँ । भारतीय खेलाडी शिखर धवन र युएईका खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग एनपीएलका बाँकी खेल नखेल्ने भएका छन्।

शिखर सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सबाट खेल्दै आएका थिए भने मुस्तफा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सबाट मैदान उत्रेका थिए।

कर्णालीले धवनलाई ४ खेलका लागि मात्रै अनुबन्ध गरेकाले चारवटै खेल खेलिसकेपछि धवन स्वदेश फर्किन लागेका हुन्। मुस्तफा भने पारिवारिक समस्याका कारण युएई फर्किएका छन्।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौंको र्कीर्तिपुर मैदानमा मंसिर १५ गतेदेखि सुरु भएको एनपीएल क्रिकेट प्रतियोगिता पुस ६ गते सम्पन्न हुनेछ।

प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: