
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यतिबेला (बिहीबार बिहान) गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बलदी छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो र राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। भोलि शुक्रबार र पर्सी शनिबार पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने आँकलन महाशाखाले गरेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
यसैगरी काठमाडौंमा तापक्रम घट्नेक्रम जारी छ। आज बिहान ५:४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस रहेको थियो। बुधबार बिहान यही समय काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस थियो। बुधबार बिहान पौने ९ बजे भने तापक्रम घटेर ३.९ डिग्री सेल्सियस पुगेको थियो।
