
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो र राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ।
हिजो बिहानको न्युनतम तामक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा अहिले बिहान ४.५ डिग्री पुगेको छ ।
आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।
कमेन्ट गर्नुहोस्
