
पोखरा। पोखरा महानगर पालिका वडा नं- ६ बैदाममास्थित उपकार बचत तथा ऋण सहकारी संस्था पोखराको छैठौ अधिवेशनबाट अध्यक्षमा सुर्यनाथ पहारी निर्विरोध निर्वाचित भएका छन्।
शनिबार सम्पन्न अधिवेशनले सुर्यनाथ पहारी अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्वाचित गरेको छ। संस्थाको उपाध्यक्षमा सुन्दरराज पहारी, सचिव कृष्ण कुमारी पौडेल, कोषाध्यक्ष बैकुण्ठ ढुङ्गाना चयन भएका छन्।
सदस्यहरुमा राम खाण, कृष्ण प्रसाद बास्ताकोटी, भगिरथी क्षेत्री, हरि प्रसाद पहारी र रश्मिता बराल सर्वसम्मत निर्वाचित भएका हुन्। लेखा समितिको संयोजकमा अर्मत भुजेल सदस्यहरु हेरम्व राज अधिकारी र हेमराज चालिसे रहेका छन्। त्यसैगरी सभाले ऋण उपसमिति र शिक्षा उपसमिति समेत गठन गरेको छ।
ऋणसमितिमा धनपति पौडेल र लक्ष्मी सुबेदी रहेका छन भने शिक्षामा हरिराज कोइराला र सिर्जना शर्मा भण्डारी चयन भएको निर्वाचन समितिका संयोजक तथा अधिवक्ता मदन प्रसाद तिवारीले जानकारी दिए। साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष विष्णु बहादुर भट्टराइले ले सहकारी संस्थाहरु नियम र कानुन अनुसार सञ्चालन हुनुपर्ने बताए।
विषम परिस्थितिमा पनि संस्थाले आफ्ना शेयर सदस्यहरु प्रति गरेको सहयोगको प्रशंसा गरे। उनले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिए। नवनिर्वाचित अध्यक्ष सूर्यनाथ पहारीले सहकारीप्रति जनमानसमा परेको नकरात्मक सोच र सहकारीको बिसंगती विरुद्ध लडनका लागि संचालक समिति मात्र सक्षम भएर नहुने बताउदै कर्मचारीहरुको नियत सफा हुनु पर्ने बताए।
पहारीले शेयर सदस्यहरुको हकहितलाई मध्यनजर गर्दै आगामी दिनमा नयाँ कार्य योजना अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे। सचिव सुन्दरराज पहारीले सहकारीलाइ पोखराकै उत्कृष्ट सहकारी रुपमा अगाडी बढाउने गृहकार्यमा लागि परेको बताउदै, सवैको साथ सहयोग को आवश्यकता रहेको बताए।
कार्यक्रममा संस्थाका उपाध्यक्ष दर्गा देवी पहारी, सल्लाहकार फत्त बहादुर थापा र शेयर सदस्य तुलसी दाहाल र सदस्य लक्ष्मी सुबेदी लगायतले सहकारी संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्। साधारणसभाले संस्थाका सचिव सुन्दराज पहारी प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बैकुण्ठ ढुङ्गानाले ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।
विसं २०६५ मा स्थापना भएको सहकारीमा ३ सय ६५जना शेयर सदस्य छन। संस्थाको शेयर पूँजी शेयर ९ करोड ३४ लाख ५३ हजार ३ सय र निक्षेप संकलन २९ करोड ९३ लाख ३९ हजार ५१ रुपैयाँ रहेको संस्थाले २९ करोड २९ लाख ५२ हजार ४ सय ७९ रुपैया कर्जा लगानी गरेको छ।
