टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना, सचेत रहन आग्रह

Share:

काठमाडौँ । नेपाल टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको भन्दै कम्पनीले सचेत रहन आग्रह गरेको छ।

टेलिकमले विज्ञप्ति निकालेर ‘नेपाल टेलिकमले क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पाँच हजार रूपैयाँ नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर फेसबुक ग्रुप र मेसेन्जरजस्ता सामाजिक सञ्जालमार्फत गरिएको प्रचार झुटो भएको जनाएको छ।

टेलिकमले यस्ता सूचना गलत भएको भन्दै आधिकारिक जानकारीका लागि कम्पनीको ब्लु टिकसहितको फेसबुक पेज, एक्स (ट्विटर) र आधिकारिक वेबसाइट मात्र आधार मानेर कम्पनीका सेवाबारेमा अद्यावधिक हुन अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: