
पोखरा । तनहुँबाट पोखरा आउँदै गरेको ट्याक्सी र पोखराबाट तनहुँ जाँदै गरेको मोटरसाइकल तनहुँमा एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ग १ज ४५२७ नम्बरको ट्याक्सी र ग२० प ५२५४ मोटरसाइकल म्याग्दे गाउँपालिका वडा नं २ निर्मलवस्तीमा एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार मोटरसाइकल चालक गम्भीर घाइते भए पनि ट्याक्सीमा सवार यात्रु सामान्य छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
