हिरासतको फोटो भाइरल भएपछि रविले भने- म सुरक्षित छैन

Share:

काठमाडौँ। रवि लामिछानेले हिरासतमा आफू सुरक्षित नभएको बताएका छन्। बुधबार सिसीटिभीबाट खिचिएको फोटो भाइरल भएपछि लामिछानेले यस्तो बताएका हुन्।

बिहीबार रास्वपा कोषाध्यक्ष दीपक बोहरा लामिछानेलाई भेट्न जिल्ला प्रहरी कास्कीको हिरासत नै पुगेका थिए। बोहरासँग उनले यस्तो बताएका हुन्।

लामिछानेलाई उद्धृत गर्दै बोहराले भने, ‘म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ। छानबिन हुनुपर्छ।’

यस्तै डा. निकोलस भुसालले ‘हिरासतमा रहेको फोटो’ आफूले खिचेको दाबी गरेका छन्।

बुधबार रास्वपाका सहकोषाध्यक्ष बोहराले  हिरासतमा रहेका लामिछाने ‘सुतिरहेको फोटो’  फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ।

फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि भुसालले उक्त तस्बिर आफूले खिचेको बताएका हुन्।

‘यो फोटो रियल हो, मैले नै खिचेको हो। गल्ती भएको हो, माफी चाहन्छु। मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन, भ्रममा नपर्न अनुरोध। म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ,’ उनले फेसबुकमा भनेका छन्।

कमेन्ट गर्नुहोस्
Share: