‘हरित पोखरा, स्वच्छ पोखरा’ अभियानलाई मजबुत बनाउने अपेक्षा

Share:

पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेतृत्वको टोलीले दक्षिण कोरियाको सियोल अपसाइक्लिङ प्लाजाको अध्ययन भ्रमण गरेको छ। विश्वकै सबैभन्दा ठूलो अपसाइक्लिङ केन्द्रको रुपमा परिचित यस प्लाजाले फोहोर व्यवस्थापनमा उदाहरणीय काम गरेको छ।

सियोल अपसाइक्लिङ प्लाजाले फोहोरलाई स्रोतमा रूपान्तरण गर्दै सर्कुलर इकोनोमीलाई प्रवद्र्धन गरेको छ। यसले सरकारी निकाय, नागरिक समाज र निजी क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहित गर्दै अपसाइक्लिङ संस्कृतिलाई फैलाएको मेयर आचार्यले बताए।

आचार्यले भने, ‘पोखरामा सञ्चालन हुने हरित परियोजनाका लागि यो भ्रमणले महत्वपूर्ण ज्ञान प्रदान गरेको छ।’ उनका अनुसार पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा निर्माणाधीन बहुउद्देश्यीय ‘ग्रिन भेन्चर जोन’ लाई सियोल अपसाइक्लिङ प्लाजाको मोडेलमा विकास गर्ने लक्ष्य राखिएको छ। यसले ‘हरित पोखरा, स्वच्छ पोखरा’ अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: