
काठमाडौँ । आज २०८१ साल पुस ६ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर २१ तारिख। पौष कृष्ण पक्षको षष्ठी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रमाइलो खालको दिन छ । काम बन्नाले सुखको अनुभूति होला । धनलाभको योग छ भने खासगरी पशुधनबाट राम्रो फाइदा हुने देखिन्छ । प्रेमभाव बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा अनुकूलता वृद्धि होला । रोकिएको काम अघि बढ्ने समय छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नोकरीमा दिन सामान्य रहेपनि जटिल काम बन्नाले सुखको अनुभव हुनेछ । अनेक किसिमका फाइदा होला । अप्रत्याशित लाभको योग छ । पराक्रम बढ्नेछ भने आरोग्यता रहनेछ । मिठो भोजन प्राप्ति र परिवारिक सुख बढ्नेछ । रचनात्मक कार्य फलदायी रहनेछन् । पारिवारिक समस्याको समाधान मिल्ने समय छ । आफन्तको साथले उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन ब्यर्थको ब्यस्तता बढ्न सक्छ । नियमित काममा पनि समस्या पैदा हुन सक्छ, ध्यान राख्नुहोला । धनहानीको योग रहेकोले फजुल खर्च नियन्त्रणको प्रयास गर्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनु हितकर हुनेछ । बहस तथा विवादको सम्भावना भएपनि अन्ततः जित तपाईंकै हुने देखिन्छ । प्रतिकुलताका बाबजुद यात्रागत कार्यमा सफलता प्राप्तिको योग छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विचार र व्यक्तित्वले धेरैलाई आकर्षण गर्ने समय छ । सामाजिक एवम् परोपकारका काममा मन जाला । धन आर्जनको दृष्टिले राम्रो दिन छ । आरोग्यता रहनेछ । कर्मबल बढ्नुका साथै साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला । खेलकुद, भ्रमणमा जस्ता क्रियाकलापमा रुचि बढ्ने देखिन्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्ने समय छ । मित्रजनको साथ मिल्नेछ भने पारिवारिक सुखशान्ति रहनेछ । आकस्मिक आर्जनले मन प्रफुल्ल तुल्याउला । सुखद यात्राको योग रहेको छ । आरोग्यता रहनेछ भने रसरागको कार्यक्रममा आकर्षण बढ्ला । विशेष योजना कार्यान्वयनमा जाने योग छ, प्रयत्न र्गु उचित होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित फलदायी समय छ । आजको दिन केही सुख र केही दुःखको अवस्था रहला । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही समयका लागि स्थगित गर्नु बेस हुनेछ । आकस्मिक धनलाभको योग देखिन्छ । आयबल बढ्नाले सुख वृद्धि होला । पराक्रम वृद्धि र मान महत्व बढ्ने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समयको ब्यर्थ नास हुनसक्ने दिन छ । गरेका कामबाट खासै उपलब्धि लिन नसकिने देखिन्छ । तथापि, साहसिक काममा आकर्षण रहनेछ । नसोचेको ठाउँमा व्यर्थको खर्च हुनसक्छ, आर्थिक क्रियाकलापमा होसियार रहनुहोला । प्रतिकुलताका बाबजुद कर्मबल वृद्धि हुनााले मन भने शान्त तथा सन्तुष्ट नै रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अनावश्यक यात्राको योग रहेकोले विचार गरेरमात्र यात्रागत कार्यमा पाइला बढाउनु हितकर होला । आफन्तमिलनले सुख दिनेछ । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ने देखिन्छ । शुभता बढेर रोकिएको काम बन्नेछ । सामर्थ्य पनि वृद्धि होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त होलान् । आरोग्यता रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन स्वास्थ्यगत दृष्टिले केही कमजोरी महसूस भएपनि काममा जाँगर रहनेछ । परोपकारमा मन जानेछ । खर्च भन्दा कमाई नै बढी हुने देखिन्छ । बौद्धिक कार्यमा प्रगति हुनेछ । धनलाभको योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । विपरितलिङ्गीबाट प्राप्त हौसलाले मन रमाउनेछ । प्रेमभाव वृद्धि हुनेछ भने दाम्पत्यसुख बढ्नेछ । रसरागमा आकर्षण रहला । सन्तान पक्षबाट सुख मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन केही प्रतिकूल रहन सक्छ । इष्टमित्रहरुसँग असमझदारी बढ्ने योग छ । काममा बाधाको सामना गर्नुपर्ला । वादविवादबाट बच्न विशेष सावधानी अपनाउनु हितकर हुनेछ । शारीरिक आरोग्यता रहनेछ । व्यवहारमा संयमता अपनाउन सके बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । मिठो भोजन प्राप्तिको योग छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन मिश्रित फलदायी छ । केही सुख केही दुःखको भाव पैदा होला । नोकरीमा झमेला ब्यहोर्नुपर्ने योग छ । साझेदारीको काम बन्नेछ, आफन्तको साथ मिल्नेछ । बिछोडिएको मित्रजनसँग भेटघाटको सम्भावना छ । मिठो भोजन प्राप्त होला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस् !
