
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (आइतबार बिहान) गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो समेत लागेको छ। हुस्सु तथा कुहिरोको कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।
आज दिउँसो गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशमा आंंशिक बदली रहने सम्भावना छ। तर, आज हिमपात र वर्षाको सम्भावना भने कतै नदेखिएको महाशाखाले जनाएको छ।
यसैबीच, महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीका कारण अबको केही दिन पश्चिमी भूभागमा चिसो बढ्नुका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
