एजेन्सी हैदरावाद(भारत), असार २९ / भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा मेलामा भागदौड हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्।
गोदावरी नदी किनारमा मनाइने पुष्करम मेलामा भागदौड भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रदेशका उपमुख्यमंत्री एन चिनाराजप्पाले यो घटना अत्यन्तै दुखद भएको बताएका छन्। उनले मेलको व्यास्थापनका सबै तयारी पुरा हुँदा पनि भागदौड हुनु आश्चर्यजनक भएको बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गरेका छन्। एक प्रत्यक्षदर्शीले २० मिनेटसम्म भागदौड चलेको बताए।
कमेन्ट गर्नुहोस्
