सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर

Share:

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा बढोत्तरी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ।

यो वृद्धिसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसदिन सुनको मूल्यमा १ सय रुपैयाँको गिरावट आएको थियो।

आज चाँदीको मूल्यमा भने कुनै थपथट भएको छैन । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: