नेपाल हङकङसँग ५ विकेटले पराजित

Share:

काठमाडौं, ३० असार । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले हङकङसँग पराजित भएको छ । यससँगै नेपालको विश्वकप छनोट केही कठिन भएको छ । नेपालले अब निकै लयमा रहेको पपुवा न्यूगिनी र नवप्रवेशी जर्सीसँग खेल्न बाँकी छ ।

नेपालले प्रस्तुत गरेको ११० रनको लक्ष्य हङकङले ५ विकेट गुमाएर भेट्टायो । दोस्रो ओभरको पहिलो बलमा नै सोमपाल कामीले नेपाललाई विकेट दिलाए । तर, निजाकात खान र अंशुमानले ४८ रनको साझेदारी गर्दै हङकङको पारी सम्हाले । नवौं ओभरको दोस्रो बलमा निजाकात र अंशुमानको साझेदारी तोडेका नेपालका स्पिनर बसन्त रेग्मीले १०.४, १२.२ र १६.६ ओभरमा गरी चार विकेट लिए ।

तर, अन्य बलरले विकेट लिन सकेनन् । निजाकात २५ र अंशुमान १९ रनमा आउट भए । एजाज खानले ७ बलमा अविजित १४ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १०९ रन बनायो । नेपालको सुरुवात निकै खराब रहृयो ।
प्रतियोगितामा पहिलो खेल खेलेका दोस्रो ओभरको तेस्रो बलमा ओपनर सुवास खकुरेल व्यक्तिगत दुई रनमा आउट भए, जतिबेला टीमको स्कोर ११ थियो । ज्ञानेन्द्र मल्ल शुन्यकै आउट भए भने कप्तान पारस खड्का १ रनमा पभेलियन फर्किए । सागर पुन र बसन्त रेग्मीले ११-११ रन बनाए ।

३१ रन जोड्दा ५ विकेट गुमाएको नेपालको पारी मिडियम लो आडरका ब्याट्सम्यानले सम्हाले प्रयास गरे । शरद भेसवाकरले २७ रन बनाए भने राजेश पुलामी मगरले २५ रन जोडे । सोमपाल कामीले १६ रन बनाए । प्रदिप ऐरी डक आउट भए भने शक्ति गौचन २ रनमा रन आउट भए ।

हङकङका नेपाल हसिब अमजादले ४ विकेट लिए भने इर्फान अहमदले २ विकेट लिए । हारेपछि ४ खेलबाट ३ अंक जोडेको नेपाल नेपाल तालिकाको पाँचौं स्थानमा झरेको छ । समान अंक जोडेपनि एक खेल कम खेलेको हङकङ चौथो र नामिबियष तेस्रो स्थानमा छ । शीर्ष स्थामा रहेको आयरल्याण्डको ६ र दोस्रो स्थानका पपुवा न्यूगिनीको ४ अंक छ । जर्सी र अमेरिकाको २-२ अंक छ ।

कमेन्ट गर्नुहोस्
Share: