
पोखरा। जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानिय तह ,संरक्षण क्षेत्र र सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यका बिषयमा अन्तरक्रीया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए।
पौडेलले संरक्षण क्षेत्र र स्थानीय तहबिच प्रभाबकारी समन्वय स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। पौडेलले क्षेत्राधिकार लगायत अन्य सरोकारका बिषयमा देखिएको अन्यौलता निराकरण गर्न कार्यक्रम फलदायी भएको बताए।
नेपाल सरकार ,प्रदेश सरकार, स्थानिय तह र संरक्षण क्षेत्रको प्रभाबकारी र नतिजामुखी परिणाममा कार्यक्रम फलदायी भएको उल्लेख गरे।
नियम र कानुन कडाइका साथ कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै प्रमुख पौडेलले नियम उल्लंघन गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संरक्षणका सबालमा सबै पक्ष गम्भीर हुनुपर्ने उल्लेख गर्दै निरन्तर सहयोग र सहकार्यमा जोड दिए।
संरक्षण क्षेत्रमा हुने कुनै पनि कानुन बिपरितका काम हुन नदिन स्थानीय सहित सरोकारवालाहरू सजगताका साथ लागी पर्नुपर्ने भन्दै प्र जि अ पाण्डेले आगलागी र अन्य मानव सृजित बिपत्ती नियन्त्रणमा जोड दिए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका बन संरक्षण अधिकृत बाबुलाल तिरूवाले संरक्षण क्षेत्रको बर्तमान अबस्था र स्थानीय तहसँगको समन्वय र सहकार्यका बिसयमा अबधारणा पत्र पेश गरेका थिए।
कार्यक्रममा कास्कीका पालिका प्रमुख सहित बन कार्यालय र सम्बन्धित सरोकारवाला कार्यालय प्रमुखको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप-प्रमुख सरिता माल र संचालन शाखा अधिकृत झबिश्वर रेग्मीले गरेका थिए।
