पोखरामा शेरकप बास्केट बल प्रतियोगितमा ३/३ समुह प्रथम

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नंं २९, ३० र ३२ को स्थित सूर्यमुखी तमु समाजको महान पर्व ल्होसुारको पावन अवसरमा आयोजित अन्तर समुह बास्केट बल (शेर कप) प्रतियोगितामा समुह ३/३ उपाधि उचालेको छ।

आज भएको फाइनल खेलमा पुरुष समुह ३ र ४ को खेलमा समुह ३ ले १६ अंककासाथ ३१ अंक लिएर समुह ३ प्रथम स्थान हासिल गर्न सफल भएको हो।

यसैगरी महिलातर्फ समुह ३ र ४ को खेलमा समुह ३ ले ०४ का विरुद्ध ११ अंक लिएर प्रथम स्थान हाँसिल गर्न सफल भएको हो।

तमुहरुको महान पर्व ल्होसारको पावन अवसरमा पारी सप्री (सर्प) वर्ग आगमन र गिद्ध (मुप्री) वर्गको बिदाईको पावन अवसरमा अन्तर समुह बास्केट बल २०८१ को ‘स्वास्थ्य नै धन हो, र एकतामा नै बल छ भन्ने उद्देश्यका साथ सुर्यमुखी तमु समाजको आयोजनमा अन्तर समुह बास्केट बल प्रतियोगिता भएको हो।

गत पुस ११ गतेबाट भएको प्रतियोगिताको फाइनल खेल आज भएको हो। शेर कप २०८१ का संयोजक एवम् समाज सेवी शेरबहादुर गुरुङले खेलाडीलाई बल हस्तान्तरण गर्दे फाइनल खेल सुरु भएको हो, खेलाडीहरुलाई खेल क्षेत्रमा विकसित गराउने तथा लोप हुदैँ भएको तमु ल्होसास पर्व र बास्केटबललाई बचाई राख्न र एकता मा नै बलसँगै शारिरीक फिट गराउने र खेलाडीहरुमा पोत्साहन गर्ने उद्धेश्यले प्रतियोगितको आयोजना गरिएको सुर्यमुखी तमु समाजका अध्यक्ष दल बहादुर गुरुङले बताए।

आज भएको फाईनल खेलमा समुह ४ का पुजन गुरुङ सबैभन्दा उत्कृष्ट खेलाडी बन्न सफल भएका छन्, भने महिलातर्फ गुप्र नं ३ कि कविता गुरुङ उत्कृट खेलाडी बन्न सफल भइन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीलाई ट्रफी प्रदान पुस १४ गते पोखरा- ३० को सुर्यमुखी तमु समाजको भवनमा विजेतालाई ट्रफी ,मेडल र प्रमाणपत्रले सम्मान गरिने जानकारी शेर कपका संरक्षक एवं प्रवद्र्धक शेरवहादुर गुरुङले जानकारी दिए।

प्रशिक्षकहरु मन्दिप पुन, बादल थापा, किरन पुन, अभिन गुरुङ र रोजीन मगर र  प्रतियोगिता व्यवस्थापनमा अतिरिक्त विभाग संयोजक संंस्थाका उपाध्यक्ष क्या. देववहादुर गुरुङ रहेका थिए।

राष्ट्रिय पुरस्कार सम्मान व्यकतित्व एव्म नेपाल राष्ट्रिय भु.पु. सैनिक तथा प्रहरी संगठनका केन्द्रिय सदस्य, समाजसेवी लायन्स क्लबका बाख्रा पैँचो कार्यक्रमका संयोजक, लेखनाथ उद्योग वाणिज्य संघका आदवाँसी उप समिति संयोजक, भेषभुषा र्याली भाकीका संयोजक, रेडक्रमका सदस्य, चिसापानी एकता समाजका प्रमुख संरक्षक, लेखनाथ पेलु संघका प्रमुख संयोजक, राष्ट्रिय लोक दोहोरीका अक्षयकोष दाता एवम् सल्लाहकार, जिल्ला सल्लाहकार लेखनाथ समामुदायीक प्रहरी सेवाका पुर्व अध्यक्ष ,पोखरा महानगरपालिका वडा नं. ३० पावर हाउस निवासी एवं हाल वेलाएत निवासी इएक्स ६ जि आर नायक शेरवहादुर गुरुङ्गले विक्रम संवत २०६२ सालमा स्थापना भएको बास्केट बल प्रतियोगिता शेरकप हाल सम्म सञ्चालित रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: