
काठमाडौँ। आज सुनको मूल्यमा ४ सय रुपैयाँको बढोत्तरी आएको छ। नेपाली बजारमा अघिल्लो दिन ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको भाउ पनि वृद्धि भएको छ। चाँदीको मूल्य ५ रुपैयाँले उकालो लाग्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ।
कमेन्ट गर्नुहोस्
