बैतडी केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प

Share:

काठमाडौँ। बैतडीको सिगास गाउँपालिका–७ न्वाघर केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ। आज बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिम्सिनाले बताए। भूकम्पको धक्का बैतडीसहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो।

पुस महिनाको आजसम्म सुदूरपश्चिम र कर्णालीका जिल्लाहरुमा ४ रेक्टर स्केलमाथिका ६ ओटा भूकम्प गईसकेका छन्।

पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले भूकम्पको जोखिम कायमै रहेको प्रमुख तिम्सिनाले बताए। लगातार सानो भूकम्प गइरहेकाले यो क्षेत्रमा जमीनमुनि शक्ति सञ्चय रहेको छ भन्ने कुराको संकेत गरेको उनले बताए।

स-साना भूकम्प गइरहेकाले जुनसुकै समयमा पनि ठूलो भूकम्प जान सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्नुपर्नेमा तिम्सिनाले जोड दिए।

कमेन्ट गर्नुहोस्
Share: