सुनको मूल्य १ हजार रुपैयाँले घट्यो

Share:

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको मूल्य आज ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: