
पोखरा । पोखरा महानगरपालिका-२८ कालिकास्थित जनज्योति माध्यमिक विद्यालयले स्थापनाको ६५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। मंगलबार विद्यालयमा आयोजित वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको हो।
पोखरा महानगरपालिका-२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले कार्यक्रमको उद्घाटन गरेका थिए। सो कार्यक्रममा उनले पोखरा- २८ को शिक्षा क्षेत्रको सुधारका लागि वडा कार्यालयबाट कुनै पनि कमी नहुने बताउँदै यसको लागि सहकार्य गरेर वडाको शिक्षा क्षेत्रमा विकास गर्न आवश्यक रहेको बताए।
वडा अध्यक्ष लामिछानेले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट नै शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेमा जोड दिए। यस्तै, विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष तथा नेपाली काग्रेंस कास्कीका निर्वतमान सभापति कृष्ण केसीले सामुदायिक विद्यालयको गुणस्तर बढाउन स्थानीयबाँसीको नै सक्रीयता आवश्यक भएको बताए।
उनले विद्यालयका शिक्षकहरु उत्तरदायी नभएसम्म विद्यालयको शैक्षिक गुणस्तर बढाउन नसकिने बताए। विद्यालयका प्रधानाध्यापक रूद्व बहादुर थापाले विद्यालयको भौतिक र शैक्षिक अवस्थाको वारेमा प्रतिवेदन पेश गरेका थिए।
यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका-२८ का वडा सदस्यहरु डाल्लादेवी भुजेल, विरेन्द्र भण्डारी विद्यालयका सल्लाहकार सुर्यप्रसाद भण्डारी रत्नसोभा माविका प्रअ गोपाल बुढाथोकी सितलादेवी मावि पोखरा-१२ का प्रअ बाबुराम अधिकारी विद्यालयका भुपु विद्यार्थी तथा सल्लाहकारहरु कृतिबल्व त्रिपाठी शुक्रराज अधिकारी प्राध्यापक नरेश पौडेल अभिभावक बलराम त्रिपाठी विद्यालयका पुर्वप्रअ माधव प्रसाद पौडेल विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष भोलानाथ त्रिपाठी लगायतले बोलेका थिए।
यसैगरी विद्यालयका शिक्षक बेदराज खनाल तथा विद्यार्थी सुगम पौडेलले स्वागत मन्त्यव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शेखरनाथ तिवारीले गरेका थिए।
सो अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
