भाटभटेनीले भूकम्प पीडितलाई कुहिएको चामल विक्री गरे पछि आक्रोस तीव्र

Share:

काठमाण्डौ, १ साउन ।
भाट भटेनी सुपरमार्केटले वौद्ध चुच्चेपाटी क्षेत्रमा बसिरहेका हजारौ भूकम्प पीडितलाई कुहिएको चामल वितरण गरे पछि पीडितहरु आक्रोसित भएका छन् । भाटभटेनीले बेचेको कुहिएको चामलको पैसा फिर्ता गर्नु पर्ने भन्दै भूकम्प पीडितले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  भूकम्प पीडितलाई कुहिएको चामल ४३ रुपैया किलोको दरले ४ लाख जतिको चामल यो स्टोरले बेचेको देखिएको छ ।
संयुक्त भुकम्प पिडित संघर्ष समितीले आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघर्ष समितिको संयोजक राजु कार्किद्धारा आज जारी गरिएको प्रेस वक्तव्यमा सरकारले भुकम्प पिडतहरुलाई आश्वासनमा मात्र राखि पिडितले भोग्नु परेका समस्याहरुलाई बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो । संघर्ष समितीले राज्यले सम्पुर्ण भुकम्प पिडितलाई ब्यवस्थित र उपयुक्त आवास क्षेत्र निर्माण, पुनर्वास, त्यस्तै बिना धितो र शुन्य ब्याजमा ऋण दिनु पर्ने, उल्लेखित मागको व्यवस्था नहुदा सम्म अस्थायी बसोबास गरिहेकाहरुलाई नहटाउन माग गरेको छ ।  त्यस्तै भुकम्पको नाममा आएको बैदशिक अनुदानलाई पारदर्शि बनाउनु पर्ने, भुकम्प पिडितको राहतमा भ्रटाचार गर्नेलाई कडा कारबाही गरी हिरासतमा रहेका भुकम्प पिडितलाई रिहाईको माग गरिएको बक्तव्यमा जनाईएको छ ।

आफ्ना मागहरुलाई अझै व्यवास्ता गरिए धर्ना जलुस प्रर्दशन गर्नुका साथै चरणबद्ध आन्दोलन गर्ने समितीले चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: